काठमाडौँ, २ जेठ
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नयाँ ९ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमण हुनेमा वीरगन्ज निवासी ९ र १० वर्षीय बालक ,२३ र ४७ वर्षीया महिला,उदयपुर त्रियुगा नागरपालिकाका निवासी २५ वर्षीय पुरुष, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ निवासी २३, ३४ र ३६ वर्षीय पुरुषहरु ,काठमाडौं सतुंगल निवासी ७ वर्षीय बालक रहेको प्रयोगशालाले जनाएको छ । सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३६ जना घर फर्किसकेका छन् । यसअघि आज नै आठ जना बाँके र एक जना मकवानपुर गरी नौ जनामा देखिएको थियो ।