neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्वराजा झापाको दमकबाट काठमाडौं फिर्ता

पूर्वराजा झापाको दमकबाट काठमाडौं फिर्ता

May 15th, 2020

भद्रपुर, २ जेठ (रासस)


पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडाँैं फिर्ता हुनुभएको छ । कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उहाँ झापामा रहनुभएको थियो ।


प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत पाँच जनाको सवारी पास जारी गरिएको बताउनुभयो । पूर्वराजा शाहका तर्फबाट उहाँको सचिवालयले काठमाडौंँ जानका बिहीबार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो । अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi