काठमाडौं, ०१ जेठ
नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ दुई जनामा कोरोना पुष्टि भएको हो।
संक्रमण हुनेमा काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिका रहेका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या २ सय ४५ पुगेको छ भने सङ्क्रमणबाट निको भइ
३५ जना घर फर्किसकेका छन् । ३ जनामा पुन: संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।