neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रदेश नं २ मा क्वारेन्टाइनको विस्तार र लकडाउनलाई प्रभावकारी बनाउने निर्णय

प्रदेश नं २ मा क्वारेन्टाइनको विस्तार र लकडाउनलाई प्रभावकारी बनाउने निर्णय

May 13th, 2020

जनकपुरधाम, ३१ वैशाख (रासस)

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा अप्रत्यासित रुपमा वृद्धि भएपछि प्रदेश सरकारले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा आज बसेको उच्चस्तरीय समितिको बैठकले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने र प्रदेशको सिमानामा थप कडाइ, सीमापारिको आवतजावतलाई निरुत्साहित गर्न प्रचारप्रसार तीव्र बनाउने लगायतको निर्णय गरेको मुख्यमन्त्रीका स्वकीय सचिव जीतेन्द्र यादवले जानकारी गराउनुभयो ।

सो बैठकले सीमापारि रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने सम्बन्धमा आवश्यक कार्यविधि बनाई सङ्घ सरकारलाई आग्रह गर्ने र स्वदेश ल्याउनुपर्नेका लागि प्रत्येक जिल्लामा तीन÷तीन सय क्षमताको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ ।यसका साथै कोरोना महामारी नियन्त्रणका लागि सङ्घ सरकारसँग थप बजेटको माग गर्ने निर्णयसमेत गरिएको स्वकीय सचिव यादवले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi