काठमाडौँ, ३१ वैशाख
नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षण अनुसार नयाँ २६ जना संक्रमितकोको पुष्टी भएको हो ।
संक्रमित हुनेमा पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिलाहरु, १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषहरु, महोत्तरीका १६ र ३५ वर्षीय पुरुषहरु ,
धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुष , भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुष रहेको प्रयोगशालाले जनाएको छ ।
सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
योसँगै नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३४ जना घर फर्किसकेका छन् ।