neapl investment mega bank
  • गृहपृष्ठ
  • शताब्दी पुरुष जोशी आजदेखि १०१ वर्षमा प्रवेश: सुवास्थ्यको कामना

शताब्दी पुरुष जोशी आजदेखि १०१ वर्षमा प्रवेश: सुवास्थ्यको कामना

May 12th, 2020

ललितपुर, ३० वैशाख (रासस)

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी आजदेखि १०० वर्ष पूरा गरी १०१ वर्षमा प्रवेश गर्नुभएको उपलक्ष्मा दीर्घायु एवं सुवास्थ्यको कामना व्यक्त गर्नुभएको छ । महर्जनले आज जोशीको निजी निवास पुगी उहाँको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभयो । उहाँले भन्नुभयो, “जोशीजस्ता जीवित इतिहासको सम्मानमा महानगरपालिकाले पुल्चोक, गाःबहाल, महापाल, मङ्गलबजार हुँदै महालक्ष्मी नगरपालिका छिर्ने सडक छेउसम्म ‘सत्यमोहन जोशी मार्ग’ नामकरण गरिसकेका छौँ ।” जोशीको सम्मानमा रु १० को हुलाक टिकट प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले जोशीको नाममा ‘आरकोलोजिकल गार्डेन’ बनाउने योजना बनाइरहेको महर्जनले जानकारी दिनुभयो ।

जोशीका सम्मानमा गर्ने भनिएका अन्य बाँकी काम भने कोरोनाका कारण समयमै पूर्ण गर्न नसकिएको महर्जनको भनाइ छ । गत वर्ष महानगरपालिकाले जोशीको जन्मोत्वसको अवसर पारेर २०७६ वैशाख ३० देखि २०७७ वैशाख ३० गतेसम्म जन्मशताब्दी महोत्सव मनाउने योजनाअनुरुप नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट जोशीको तस्वीर अङ्कित चाँदीका सिक्का निष्काशन गरिसकेको छ । जोशीले विसं २०१३ मा हामो लोकसंस्कृति, २०१७ मा नेपाली राष्ट्रिय मुद्रा र २०२८ मा कर्णाली लोकसंस्कृति नामक गन्थ्र लेखेवापत पटक–पटक तेस्रो पटकसम्म मदन पुरस्कार प्राप्त गर्नुभयो । जोशीले नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संवद्र्धन र विकासमा महत्वपूर्ण योगदान दिँदै आउनुभएको छ ।

विश्वले नै रोगको जोखिम मोलिरहेका बेला राष्ट्रिय हित चिताउँदै आफ्नो रीति र परम्पराअनुसार सामान्य तवरमा जन्मोत्सव मनाएको जोशीको भनाइ छ । उहाँले भन्नुभयो, “आज म्युजिक नेपाल नामक संस्थाले मेरो नामको एक गीति एल्बम निकालेको छ । सामाजिक दूरी कायम गरी शुभकामना दिन आउने मानिस पनि उत्तिकै हुनुहुन्छ । अरनिकोको स्वेत चैत्य नामक महाकाव्य अङ्ग्रेजीमा प्रकाशन गर्ने भनिएको काम बाँकी नै रहेको छ ।” कोरोनाका कारण ‘कात्तिक नाच’ नामक पुस्तक पनि समयमै प्रकाशन हुन नसकेको जोशीले औँल्याउनुभयो । बाबु शङ्करदास ९शङ्कर० जोशी र आमा राजकुमारी ९नोगलदेवी० जोशीका ज्येष्ठ सुपुत्रका रुपमा विसं १९७७ वैशाख ३० गते पाटनको बखुम्बहालमा जोशीको जन्म भएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi