neapl investment mega bank

पत्रकार महासंघद्धारा दुुख व्यक्त

May 12th, 2020

काठमाडौ, बैशाख ३०

कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमका बीच अग्रभागमा रहेर नागरिकलाई सुसूचित र सचेत गराउने गहन जिम्मेवारी वहन गरिरहेको सञ्चार क्षेत्र पनि यतिखेर कोरोना भाइसरबाट प्रभावित हुन पुगेको खवरले नेपाल पत्रकार महासंघ अत्यन्त दुःखी र चिन्तित भएको जनाएको छ ।
महासंघले बिज्ञप्ती जारी गर्दे भनेको छ, आज सरकारले घोषणा गरेका ५७ जना कोरोना भाइरस संक्रमितमध्ये कम्तिमा दुई जना पत्रकार संक्रमित हुन पुगेका छन् भने अन्य पत्रकारको स्वास्थ्य परीक्षण भैरहेको छ । यो संवेदनशील घडीमा सीमित स्रोत, साधन र अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिएर पेशागत धर्म निभाइरहेका पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ । महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ, महांघले भनेको छ ।

साथै, कोरोना सक्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि तत्काल पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग महाँसंघले आग्रह गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi