neapl investment mega bank

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

May 12th, 2020

सुनसरी, बैशाख ३०

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका ८ प्रकाशपुरस्थित रामधुनी जाने जंगलको बाटोबाट बैशाख ३० गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कोशी गाउँपालिका १ लौकही बस्ने १९ बर्षिय रोशन झा छन् ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स १० प ४६९२ नम्बरको मोटरसाइकलमा सवार निज झालाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेस डिसी ६५ बोतल, स्मास्मो प्रोक्सिभन १ हजार ४ सय ४० वटा, लिजिक इन्जेक्सन १ सय ५० एम्पुल, डाईजिल्याब इन्जेक्सन १ सय ५० एम्पुल, प्रोमेथाजिन हाईड्रोक्लोराईड इन्जेक्सन १ सय ५० एम्पुल र फेन्सीडिल न्यू दुई बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला निज झाको साथबाट मोबाईल सेट एउटा, घडी एउटा,११ हजार ८ सय १० नेपाली रुपैयाँ, १ हजार २ सय ३० भारतीय रुपैयाँ तथा उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेका निज झालाई बरामद लागूऔषध र सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi