काठमाडौँ, २९ वैशाख
नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षण अनुसार नयाँ १३ जना संक्रमितकोको पुष्टी भएको हो । संक्रमित हुनेमा कपिलवस्तु यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषहरु ,रुपन्देहीको समरीमाई गाउँपालिका- ७ र लुम्बिनी सस्कृतिक गाउँपालिका ६
निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषहरु र बर्दिया राजापुर नगरपालिका- ५ कि ११
वर्षीय बालिका रहेको प्रयोगशालाले जनाएको छ ।
सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
योसँगै नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३१ जना घर फर्किसकेका छन् ।