neapl investment mega bank

बिगमार्टलाई तीन लाख जरिवाना

May 11th, 2020

काठमाडौँ, २९ वैशाख (रासस)

मासको दाल बढी मूल्यमा बेचेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौँडामा रहेको बिगमार्टलाई रु तीन लाख जरिवाना गरेको छ ।

बिगमार्टले मासको दाल प्रतिकिलो रु २७१ मा बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै विभागले उक्त रकम जरिवाना गरेको हो ।