neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरीद्वारा पत्रकारमाथि गरिएको दुर्व्यवहार बिरुद्ध घण्टाघर चोकमा बिरोध प्रर्दशन

प्रहरीद्वारा पत्रकारमाथि गरिएको दुर्व्यवहार बिरुद्ध घण्टाघर चोकमा बिरोध प्रर्दशन

May 11th, 2020

पवनप्रसाद साह
वीरगञ्ज, बैसाख २९


पत्रकारमाथि पर्सा प्रहरीको दुर्व्यवहार बढ्दै गएपछि पर्साका पत्रकारहरु आन्दोलित भएकाछन् । श्रंखलाबद्ध तवरले प्रहरीले सञ्चारकर्मी तथा पत्रकारहरुलाई ज्यादति गर्न थालेपछि पत्रकार महासंघ प्रदेश न. २ तथा पर्सा शाखाका पदाधिकारीहरुको उपस्थितीमा विरोध जनाइएको छ ।

सामुदायिक रेडियो नारायणी एफ एम तथा नयाँ पत्रिकाका पर्सा जिल्ला संवाददाता तिवारी यादबलाई आइतबार पर्सा प्रहरीले बिनाकारण पक्राउ गरी ५ घण्टा पछी छोडेको थियो । यस्तै एक साता अघि पनि पर्सा प्रहरीले तीन जना पत्रकारलाई सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको विषयलाई लिएर धार्मीक सहिष्णुता विगार्न खोजेको आरोप लगाउँदै नियन्त्रणमा लिएको थियो ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रवाह नगरी नागरीकलाई सत्य तथ्य सुचना सम्प्रेषण गर्नका लागि अहोरात्र खटिने सञ्चारकर्मी तथा पत्रकारमाथि नै दुर्व्यवहार बढेपछि पत्रकारहरु आन्दोलित भएकाहुन् ।

झरीको प्रवाह नगरी पानीमा भिज्दै घण्टाघरमा सामाजिक दुरीको पालना गर्दै गरिएको विरोध कार्यक्रममा पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, महासंघ पर्सा शाखा सभापति श्याम बन्जारा, प्रेस युनियन पर्सा अध्यक्ष रामनारायण कुर्मी, समाजवादी प्रेस युनियन पर्सा संयोजक आरके पटेललगायतले प्रेस स्वतन्त्रताको हस्तक्षेप भइरहेको प्रति आपत्ति जनाएका थिए ।

‘कोरोना महामारीको समयमा पनि आफ्नो ज्यान जोखिममा राखेर समाचार सम्प्रेषण गर्न फ्रन्टलाइनमा खटिरहेका पत्रकारमाथि दुर्वायाहार गर्नु दुर्भाग्यपूर्ण छ,’ नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानले भने, ‘पत्रकारको मनोवल बढाउने स्थानमा बिनाकारण हिरासतमा राख्नु गलत हो, दुर्व्यवहार हामी सहेर बस्दैनौं ।’

प्रहरीको यस्तो रबैयाका कारण यस्तो विषम परिस्थितीमा पनि निरन्तर सुचना सम्प्रेषण्मा खटिएका पत्रकार तथा सञ्चारकर्मीको मनोबल खस्किएको हुँदा मनोबल बढाउने बेलामा घटाउने प्रवृतिको सम्पुर्ण पत्रकारहरुले भर्त्सना गरेका छन् । साथै पत्रकार महासंघ पर्साले पर्सा प्रहरीको समाचार पनि बहिष्कार गर्ने निर्णय समेत गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi