neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

May 11th, 2020

काठमाडौं, २९ वैशाख

प्रधानसेनापति पूर्णचन्द्र थापाले लेखा उपरथी दर्जामा पदोन्नती हुनु भएका लेखा सहायक रथी ध्रुवराज खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार, मन्त्रीपरिषद्ले वैशाख २४ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती भएका रथी ध्रुवराज खत्रीलाई जंगी अड्डामा आइतबार आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधानसेनापति थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

लेखा उपरथी दर्जामा पदोन्नती हुनुभएका लेखा उपरथी ध्रुवराज खत्रीलाई श्री सैनिक आर्थिक प्रशासन विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi