काठमाडौँ, २९ वैशाख
नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १२१ पुगेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।
मन्त्रालयलका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ निवासी १८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । निजको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ र उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ भने ३१ जना उपचारपछि घर फर्किसकेका छन्। आजै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।