neapl investment mega bank

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

May 11th, 2020

सर्लाही, बैशाख २९

जनकपुर उपमहानगरपालिका १७ मनहरपुरस्थित सडकमा ज.७ प १९५० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय कारी महराको मृत्यु भएको छ । बैशाख १९ गते मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi