neapl investment mega bank
  • गृहपृष्ठ
  • मध्यपुरथिमिको ड्रोन सर्वेक्षण सम्पन्न

मध्यपुरथिमिको ड्रोन सर्वेक्षण सम्पन्न

May 11th, 2020

भक्तपुर, २९ वैशाख (रासस)

सिङ्गो नगरपालिकाको सम्पूर्ण विषय समेट्ने गरी नक्सा तयार पार्न मध्यपुरथिमि नगरपालिकाले ड्रोनबाट सर्वेक्षण एवं नक्साङ्कन कार्य सम्पन्न गरेको छ । लकडाउनको सदुपयोग गर्दैै नगरपालिकाले दुई दिन ड्रोन उडान गरी नगरपालिकाको सबै वस्तुचित्र आउने गरी आकाशमा ड्रोन उडाएर डिजिटल नक्साङ्कन कार्य सम्पन्न गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

नगर प्रमुख श्रेष्ठले भन्नुभयो “नगरपालिकाको जिपिएस लोकेशन लिने काम भएको छ, यसबाट नगरपालिकाभित्र रहेको सम्पूर्ण घर, स्कूल, मठमन्दिर, पोखरी, सडक, जङ्गल, भीरपाखो, जमीन, जग्गा प्लटिङदेखि सबै भौतिक संरचना ड्रोन क्यामराले खिचेर नक्सा तयार पारेको छ ।”

ड्रोनमा दुई वटा अत्याधुनिक क्यामरा जडान गरी नक्साङ्कन गर्ने काम भएको जानकारी दिँदै उहाँले डिजिटल नक्सा तयार भएपछि कसैको घरमा पुग्नुपर्दा फोन नम्बर हान्दा घरको ढोकामै पुग्न सकिने बताउनुभयो । यसबाट नगरपालिकाको सबै क्षेत्रफल र यहाँका भौतिक संरचना डिजिटल नक्सामा उत्रिएको छ । डिजिटल नक्साले नगरपालिकाले आगामी दिनमा सहजरुपमा योजना बनाउन सक्ने, विपद् व्यवस्थापनमा अग्रिम तयारी एवं सहज हुने र नगरपालिकाको विकासमा टेवा पुग्ने अपेक्षा लिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi