काठमाडौँ, २९ वैशाख
आज थप १० जना कोरोना संक्रमित फेला परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षण अनुसार नयाँ १० जना संक्रमितकोको पुष्टी भएको हो । संक्रमित हुनेमा कपिलवस्तु यसोधरा गाउँपालिका ५ र बुद्धभुमि नगरपालिकाका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष रहेको प्रयोगशालाले जनाएको छ ।
निजहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।
योसँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३१ जना घर फर्किसकेका छन् ।