neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

May 10th, 2020

धनुषा, बैशाख २८

धनुषा जिल्लाको धनौजी गाँउपालिका ३ स्थित कटैया चोकबाट बैशाख २७ गते एपीएफ टोलीले २० बोतल एक्जीप्लोन नामक लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिथिला नगरपालिका ६ बस्ने ३६ वर्षिय शेर सिंह तामाङ, ३६ वर्षिय सिताराम यादव र २८ वर्षिय श्रीप्रसाद महतो छन् ।

बा १३ च १२९५ नम्वरको गाडीमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहिको लागि स्थानीय प्रहरीमा बुझाएको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi