neapl investment mega bank
  • गृहपृष्ठ
  • घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

May 10th, 2020

काठमाडौं, बैशाख २८

चितवनमा आफ्नै श्रीमती ३४ वर्षीया अञ्जु अधिकारीको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा खैरहनी नगरपालिका ९ सिमल टाँडी बस्ने ४५ वर्षीय कृष्ण प्रसाद अधिकारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण कृष्णले खुकुरी प्रहार गर्दा अञ्जुको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

धादिङको खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा गंगाजमुना गाउँपालिका ५ दाङसिंङ बस्ने २६ वर्षीय भिमसेन बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पुरानो रिसिविको कारण छिमेकी ३१ वर्षीय यम बहादुर गुरुङलाईबाटोमा हिँडिरहेको अवस्थामा बुढाथोकीले धारिलो हतियार खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले उनलाई प्रकाउ गरेको हो । घाइते यमको उपचारको लागि धादिङवेशीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi