neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै छोराले चिर्पट प्रहार गरी बुबाको हत्या

आफ्नै छोराले चिर्पट प्रहार गरी बुबाको हत्या

May 10th, 2020

धनुषा, बैशाख २८

आफ्नै छोराले चिर्पटप्रहार गर्दा घाइते भएका क्षिरेश्वरनाथ नगरपालिका ३ पकडिया बस्ने ६० वर्षीय जोगी महासेठको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ ।

घरायसी विवादको कारण आफ्नै छोरा ३० वर्षीय नरेश महासेठले मंगलबार दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा घाइते भएका जोगीको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । चिर्पट प्रहार गर्ने नरेशको प्रहरीले खोजी गरिरहेकोछ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi