neapl investment mega bank
  • गृहपृष्ठ
  • किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

May 10th, 2020

भोजपुर, बैशाख २८

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ट्याम्के मैयुङ गाउँपालिका ७ कोट बस्ने ६७ वर्षीय काजीमान सुयललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँमा पसल गरी बस्ने सुयलले ती किशोरीलाई शुक्रबार दिउँसो विभिन्न प्रलोभनमा पारी घरनजिकैको जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi