neapl investment mega bank
  • गृहपृष्ठ
  • हाइड्रोपावरको सामानको जिम्मा नलिँदा पाँच लरी रोक

हाइड्रोपावरको सामानको जिम्मा नलिँदा पाँच लरी रोक

May 9th, 2020

जमुनावर्षा शर्मा
चिप्लेढुङ्गा, २७ वैशाख (रासस)

पोखरा महानगरपालिका वडा नं १० स्थित पोखरा औद्योगिक क्षेत्र अगाडि तीन दिनदेखि पाँच लरी रोकिएका छन् । भारतको सिमाना रक्सौलबाट पोखरा आइपुगेका फलामजन्य सामग्री औपचारिक रुपमा बुझ्ने आधिकारिक व्यक्ति सम्पर्कमा नआउँदा ती गाडी बाहिर रोकिएका हुन् ।

पोखरा औद्यागिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक भूषणकुमार उपाध्यायले लरीमा आएको फलामजन्य सामग्री औपचारिक रुपमा कसको हो भन्ने नै थाहा नभएकाले आफूले औद्योगिक क्षेत्र भित्र ल्याउन नसकेको बताउनुभयो । “औद्योगिक क्षेत्रभित्रको कुनै पनि उद्योगले उक्त सामग्री आफ्नो भन्नुभएको छैन, सुपर मादी हाइड्रोपावर लिमिटेडले जिल्ला प्रशासन कास्कीलाई पासको लागि सिफारिस गरिपाऊँ भन्ने व्यहोराको पत्र लरी चालकले देखाएको र उक्त पत्रमा कास्की जिल्लाको मादी हाइड्रोपावरका लागि निर्माण सामग्री भएको जनाइएको छ । हामीले थप कुरा बुझिरहेका छौँ ।”

सुपर हाइड्रोपावरका प्रबन्ध निर्देशक पुष्पज्योति ढुङ्गानाले भने सामान हाइड्रोपावरको भए पनि सप्लायर्सबाट माछापुच्छ«े मेटल उद्योगमा पठाइएको जानकारी दिनुभयो । “सामान हाम्रै हो तर माछापुच्छ्रे मेटलले जिम्मा लिनुपथ्र्यो, किन लिनुभएन म बुझ्छु ।”

वडा नं १० का वडाध्यक्ष राजकुमार गुरुङले माछापुच्छ«े मेटलका सञ्चालक विष्णु पाण्डेले आफूहरुले सामान नमगाएको र जबर्जस्ती पठाएको भन्ने जवाफ दिएको बताउनुभयो । “पाण्डेले जबर्जस्ती सामान आइपुगेकोले आफूहरुले नबुझेको भन्नुभएको छ । यहाँ ६ वटा लरीमा एचआर प्लेट्स १४७५ मेट्रिक टन आइपुगेको छ, कसैले पनि जिम्मेवारी लिन चाहनु हुन्न, हामी उपयुक्त विकल्पको खोजी गर्छाँै, चालकलाई क्वारेन्टाइनमा राख्ने हो कि सामान फिर्ता गर्ने हो भोलिसम्ममा निर्णय होला ।”

लरी चालक तीर्थलाल श्रेष्ठले लकडाउन अगाडि नै सामान लादिएको र ल्याउने समयमा लकडाउनका कारणले सिमरामा रोकिएको बताउनुभयो । “ हाइड्रोमेकानिकलअन्तर्गत पेनस्टक पाइप सामान पहिले नै लोड भएको हो, ल्याउने बेला लकडाउन भयो, हामी सिमरामा रोकियौंँ, अहिले सरकारले विकास निर्माणको कामको सामग्री लान दिने भनेपछि हामी पोखरा आयौँ तर हामीलाई सम्पर्क गर्न भनेको व्यक्तिले फोन रिसिभ गर्नुभएको छैन । हामी निकै समस्यामा भयौंँ सामान बुझ्ने व्यक्तिहरु नहुँदा ”, उहाँले भन्नुभयो ।

उहाँले आफूहरुलाई खानाको भन्दा पनि शौचालयको समस्या भएको बताउनुभयो । “हामी ६ जना छौँ, खान त चिउरा दालमोठ खाएर पनि बस्छौँ तर शौचालयको समस्या भयो । अनिर्णयको बन्दी बनेका छौँ, सम्बन्धित निकायले छिटो ध्यान दिए हुन्थ्यो । यस्तो अवस्थामा हामी गाडीमा बस्न बाध्य भएका छौँ ।” श्रेष्ठले यसअघि तीन चोटि हाइड्रोपावरको सामान ल्याइसकेको तर अहिले भने सामान नबुझेर दुःख दिइएको गुनासो गर्नुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi