neapl investment mega bank
  • गृहपृष्ठ
  • सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती

सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती

May 9th, 2020

बैतडी, २७ वैशाख (रासस)

अवैधरुपमा भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँगको सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती थालेको छ । भारतसँग सीमा जोडिएको जिल्लाको ६१ किलोमिटर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त गस्ती शुरु गरेको हो ।

भारतबाट महाकाली नदीमा ट्युबमार्फत स्वदेश भित्रिनेक्रम नरोकिएकाले संयुक्त गस्ती शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । सीमाक्षेत्रमा अवैधरुपमा भित्रिन नदिन २४ घण्टा गस्ती गरिन लागिएको उहाँले बताउनुभयो । यसअघि भारतसँग सीमा जोडिएका जिल्लाका छ ठाउँमा सशस्त्र प्रहरीले पोष्ट खडा गरी सुरक्षा दिइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा संयुक्त गस्ती गरेर कडाइ गरिएको भनिए पनि सुरक्षाकर्मी छलेर नेपाल भित्रिनेक्रम भने रोकिएको छैन । गएराति मात्रै दुई जना दैलेखका र एक जना मुगुका गरी तीन जना महाकाली तरेर भित्रिएका छन् । उनीहरु दशरथचन्द नगरपालिका खडेनीबाट महाकालीबाट ट्युबमार्फत आएका प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi