neapl investment mega bank
  • गृहपृष्ठ
  • मुख्यमन्त्री राउतद्धारा एकिकरण स्मृति उद्यान शिलान्यास

मुख्यमन्त्री राउतद्धारा एकिकरण स्मृति उद्यान शिलान्यास

May 9th, 2020

काठमाडौ, बैशाख २७

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.ठ स्थित श्री नं २८ बाहिनी अड्डाको हाताभित्र निर्माण गर्न लागिएको एकिकरण स्मृति उद्यानको आज शनिवार प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले एक समारोहका बीच शिलान्यास गरेकाछन ।

शिलान्यास समारोहमा मन्तव्य राख्दै मुख्यमन्त्री राउतले नेपाली सेनाको यस प्रकारको कार्यले तराईवासी नेपाली जनता र नेपाली सेनाबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै हिमाल, पहाड र तराईको ऐतिहासिक चिनारी दिने एउटै थलोको रुपमा निर्माण गर्न लागिएको एकिकरण स्मृति उद्यान प्रदेश नं.द्द मा अवस्थित राष्ट्रिय गौरवको आयोजनामा पर्ने र यसको निर्माणमा नेपाली सेनाले लिएको पहलता प्रति कृतज्ञता व्यक्त गर्दे धन्यवाद दिए । उक्त समारोहमा मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी ताराध्वज पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने मध्य पूर्वी पृतना हे.क्वा. का पृतनापति उपरथी सुरेश कुमार कार्कीले धन्यवाद ज्ञापन गरेकाछ थिए । साथै श्री नं.२८ बाहिनी अड्डाका बाहिनीपति अनुपजंग थापाले उक्त परियोजना सम्बन्धी जानकारी गराएका थिए ।

नेपाल अंग्रेज युद्धको दौरान अंग्रेज फौज विरुद्ध मधेशवासी नेपालीहरुले देखाएको बहादुरी तथा नेपाल एकिकरण अभियानमा पुर्यायएको योगदान र तत्कालीन अवस्थाका ऐतिहासिक गढी तथा किल्लाहरुको सम्बर्धन गरी तराई, मधेश, पहाड र हिमालविचको अनोन्यास्रित ऐतिहासिक सम्बन्ध तथा सबै नेपाली विचको राष्ट्रिय एकतालाई उजागर गर्ने उदेश्यले एकिकरण स्मृति उद्यानको परिकल्पना गरी प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको “कमाण्ड मार्ग निर्देशन (२०७५” को लक्ष्य नं.ट मा उल्लेखित नेपाल र नेपाली सेनाको इतिहास प्रवर्द्धनलाई टेवा पुर्याडउन तथा नागरिक सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजाने उदेश्य अनुरुप श्री नं. २८ बाहिनी अड्डाको हातामा रहेको घ (तीन) विगाह जग्गामा एकिकरण स्मृति उद्यान निर्माण गर्न लागिएको हो । उक्त स्मृति उद्यानमा हिमाल, पहाड र तराईका विभिन्न कला र संस्कृती झल्किने ऐतिहासिक प्रर्दशनी हल सहितको मुख्य ट (छ) वटा भौतिक संरचनाहरु निर्माण गर्न लागिएको छ । बाईस करोड कुल लागत रहेको उक्त परियोजना आर्थिक वर्ष ०७७र७८ मसान्तभित्र निर्माण सम्पन्न गरि जितपुर सिमरा उपमहानगरपालिकाको स्वामित्व र रेखदेखमा संचालन गर्ने योजना रहेको छ ।

शिलान्यास समारोहमा प्रदेश नं.२ का माननीय भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोन्हल, महान्यायधिवक्ता दिपेन्द्र झा, जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेल, प्रदेश नं.२ का सचिव यम प्रसाद भुषाल, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित र प्रदेश नं.२ का सिनियर डिभिजनल इन्जिनियर भगवान झा लगाएत प्रदेश तथा स्थानीय संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

नेपाली सेनाको यस प्रकारको कार्यक्रमद्वारा ऐतिहासिक गढी तथा किल्लाहरुको सम्बर्धन तथा संभार हुनुको साथै तराई, मधेश, पहाड र हिमालबीचको अनोन्यास्रित ऐतिहासिक सम्बन्ध एवम् आम नेपाली बीचमा राष्ट्रिय एकता कायम भई नागरिक सैनिक सम्बन्धमा समेत थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi