काठमाडौंँ, २७ वैशाख
भारत सरकारले लिपुलेकसम्म बाटो बनाएर यातायात खोलेको विषय प्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंहले आपत्ति जनाएका छन् ।
अध्यक्ष सिंहले, सामाजिक संजालमा टिप्पणी गर्दै नेपाली भूभागमा रहेका भारतीय सेना फिर्ता गर्नुपर्ने अवस्थामा सम्पुर्ण नेपालिहरुको बिरोधका बाबजुद पनि नेपालको भुमी लिपुलेक सम्म बाटोको भिडिजो कन्फ्रेन्स मार्फत उद्घाटन गर्नु नेपालको सार्वभौम अस्मितामाथि नाङ्गो हस्तक्षेप भयको बताएका छन।
उनले सामाजिक संजालमा भनेका छन् – ‘नेपाली भुमि लिम्पियाधुरा, लिपुलेक भारतीय सेनाले फिर्ता गर्नु पर्ने अवस्थामा नेपाली जनताको बारम्बारको बिरोधका बाबजुद उल्टै लिपुलेकसम्म बाटोबनाई मानसरोवर जाने तथा यातायातको निम्ति चिन संग सिधै बाटो जोडने नाममा आज भारतिय रक्षा मन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन गरेको खबरले आम नेपालिको भावनामा गम्भीर चोट पुगेको छ। नेपालको सार्वभौम अस्मितामाथि नाङ्गो हस्तक्षेप भयको छ। स्वाभिमानि नेपालिको लागि यो भन्दा ठुलो दुखद अरु केही हुन सक्दैन , एउटा सार्वभौम राष्ट्र को सिमा अतिक्रमण हुदा कदापि स्वीकार्य हुनसक्दैन । यस बिषयमा नेपाल सरकारले कुटनैतिक माध्यमबाट चाँडो भन्दा चाँडो पहल थालोस । मिचिएको नेपाली भुमि अबिलम्ब फिर्ता गरियोस’।