neapl investment mega bank
  • गृहपृष्ठ
  • लिपुलेकसम्म बाटो बनाएकामा थापाको विरोध

लिपुलेकसम्म बाटो बनाएकामा थापाको विरोध

May 8th, 2020

काठमाडौँ, २६ वैशाख(रासस)

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घटनाको विरोध गर्नुभएको छ ।

उहाँले आज ट्विट गर्दै यसबारे अविलम्ब आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गर्नुभएको छ ।