काठमाडौ, बैशाख २६
कोभिड १९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को टोली १४ वटा जिल्लामा गएको छ । आवश्यकता तथा प्राथमिकताको आधारमा बृहत रुपमा स्वाव संकलन गरी परिक्षण गर्दै कोभिड १९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने रणनिति अनुसार सिसिएमसी ओपिएसको संयोजन र समन्वयमा करिब पाँच हजार तीन सयको स्वाब संकलन गर्ने योजना अनुरुप आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरु सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको संयुक्त स्वास्थ्य टोलीलाई आज शुुक्रबार नेपाली सेनाको हवाई साधन तथा गाडीहरु प्रयोग गरी नं. १ प्रदेशको उदयपुर, नं. २ प्रदेशको बारा, पर्सा र रौतहट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, नं. छ प्रदेशको नवलपरासी पश्चिम, अर्घाखाची, रुपन्देही, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दियातर्फ पठाईएको सिसिएमसीले जानकारी दिएको छ ।
केन्द्र, प्रदेश र जिल्ला स्थित सिसिएमसीहरुको समन्वयमा उल्लेखित १४ जिल्लाहरुमा संक्रमणको जोखिमलाई मध्यनजर गरी यही बैशाख २८ गते सम्ममा स्वाब संकलन गरी परिक्षणका लागि पठाउने कार्यक्रम रहेको सिसिएमसीले जानकारी दिएको छ ।