neapl investment mega bank
  • गृहपृष्ठ
  • कार र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

कार र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

May 8th, 2020

काठमाडौं, बैशाख २६

काठमाडौं महानगरपालिका १४ सोल्टी मोडमा बा.२१ च ४३४७ नम्बरको कार र बा.७२ प ८१७२ नम्बरको मोटरसाइकल शुक्रवार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ वेलबारी कानेपोखरी घर भएका २३ वर्षीय टिकाराज गेलालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गेलालको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi