neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा सत्र लाख नब्बे हजार रुपौयँसहित दुई जना पक्राउ

एपीएफ टोलीद्वारा सत्र लाख नब्बे हजार रुपौयँसहित दुई जना पक्राउ

May 8th, 2020

सर्लाही, बैशाख २६

सर्लाही जिल्लाको मलंगवा नगरपालिका २ स्थित भन्सार चेकपोष्टबाट बैशाख २४ गते एपीएफ टोलीले करीव १७ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको पतनपुर घर बताउने ४२ वर्षिय रामललित मण्डल र ३३ वर्षिय निरज कुमार छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश सर्लाहीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा श्रोत नखुलेको उक्त नेपाली रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामदरुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi