neapl investment mega bank

जंगली हात्तीको आक्रमणबाट मृत्यु

May 7th, 2020

सप्तरी, २५ वैशाख

जंगली हात्तीको आक्रमणमा परी शम्भुनाथ नगरपालिका-२ भलुवाई बस्ने ४० वर्षीया जानकी मगरको बिहीबार बिहान मृत्यु भएको छ । उक्त स्थानमा ३ वटा जंगली हात्ती आएको अवस्थामा घरबाट बाहिर भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएकी उनको सगरमाथा अञ्चल अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उक्त हात्तीले सोही ठाउँ बस्ने ४० वर्षीय बलराम ईसरको कच्ची घरको टाटी बेरा भत्काउँदा करिब ५० हजार रुपैयाँ बराबरको धनमालको नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा उक्त हात्तीहरूलाई जंगलतर्फ भगाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi