neapl investment mega bank
  • गृहपृष्ठ
  • गौशालामा एम्बुलेन्स दुर्घटना, चालकले अत्यधिक मा.प.से सेवन

गौशालामा एम्बुलेन्स दुर्घटना, चालकले अत्यधिक मा.प.से सेवन

May 7th, 2020

काठमाडौ, बैशाख २४

काठमाडौको गौशालामा एम्बुुलेन्स दुुर्घटना भएको छ । आज बिहिबार अन्दाजी १५ः३० बजेको समयमा का.जि. स्थित गौशलास्थित सडकखण्डमा मित्रपार्कबाट एयरपोर्ट तर्फ आउदै गरेको बा १० च ८५१३ नं. को निजि कारलाई विपरित दिशावाट आएको बा ८ छ ६९२८ नं.को एम्बुलेन्सले ठक्कर दिई सवारी दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

उक्त घटनामा निजी कार चालक सामान्य घाईते भएको र दुबै सवारी साधनमा क्षति भएपनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीा अनुुसार निजी कार चालक का.जि. गोगबुं बस्ने बर्ष २९ को सविन श्रेष्ठ र एम्बुलेन्स चालक जिल्ला मोरङ पथरी नगरपालिका बस्ने बर्ष ३६ को राम बहादुर चौधरी रहेकाछन ।

उक्त एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी चलाएको साथै सवारी चालक अनुमति (लाईसेन्स) पनि नभएको देखिएको छ । प्रहरीका अनुसार दुवै सवारी साधन र चालक महानगरीय ट्राफिक प्रहरी वृत्त, गौशलाको नियन्त्रणमा राखिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi