काठमाडौ, बैशाख २५
वल्र्ड ईन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (डब्ल्यू आईपीओ) ले प्याटेन्ट को ओपरेसन ट्रिटी (पीसीटी) प्रणाली मातहत अन्र्तराष्ट्रिय प्याटेन्ट आवेदन २०१९ को नतिजा घोषणा गरेको छ । १ हजार ९ सय २७ निवेदनका साथमा ओपो कम्पनी एप्लिकेन्ट्स अन्तर्गत पीसीटी फाइलरहरु मध्य उत्कृष्ट पाँचौमा पर्न सफल भएको छ ।
१५० कन्ट्रयाक्टिंग स्टेट्स सहितको अन्तरराष्ट्रिय ट्रिटी, पीसीटी मातहत १ अन्तरराष्ट्रिय प्याटेन्ट निवेदन दर्ता गराए बापत निवेदकले विभिन्न देशहरुमा आफ्नो आविस्कारको सुरक्षा प्राप्त गर्न सक्छन् । सन् २००९ को सूरुवातदेखि नै ओपा वैश्विकस्तरमा विभिन्न प्राविधिक क्षेत्रमा आफ्नो प्याटेन्ट एप्लिकेसन विस्तारका लागि तदारुकताका साथ लागिपरेको छ । यही प्रक्रिया अन्तर्गत ओपोले आफ्नो डब्ल्यूआईपीओ ईन्टरनेसनल प्याटेन्ट्स एप्लिकेसन ¥यांकिंगलाई पछिल्लो बर्षको १७ औँ स्थानबाट पाँचौ स्थानमा झार्न सफल भएको हो ।
सन् २०२० को मार्च महिना सम्ममा ओपोले ४३००० वैश्विक प्याटेन्ट एप्लिकेसन्स दर्ता गराइसकेको छ भने , १६००० ओटाका लागि ले आधिकारिकता पनि प्राप्त गरिसकेको छ । समग्र निवेदन मध्ये झण्डै ८८ प्रतिशत आविस्कार सम्बन्धित रहेकाछन् । ओपोले ३ हजार भन्दा बढी फाइभजी प्याटेन्ट निवेदन दर्ता गराइसकेको छ र १ हजार ९ सय एआई प्याटेन्ट निवेदन रहेका छन् । त्यसैगरी कम्पनीले ६ हजार १ सय ईमेज प्याटेन्ट वैश्विकरुपमा दर्ता गराइसकेको छ, जस मध्य २ हजारले आधिकारिकता प्राप्त गरिसकेको छ । कम्पनीले फास्ट चार्जिंग क्षेत्र अन्तर्गत पनि वैश्विकस्तरमा २ हजार ७ सय भन्दा बढी निवेदन दर्ता गराइसकेको छ । यी मध्ये १ हजार १ सयका लागि आधिकारिकता पनि प्राप्त गरिसकेको छ ।