neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना पिडित देशमा एनआरएनए दियो आर्थिक सहयोग

कोरोना पिडित देशमा एनआरएनए दियो आर्थिक सहयोग

May 6th, 2020

काठमाडौ, बैशाख २४

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड १९) पिडित देशमा आर्थिक सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार कोभिड १९ बाट बढी प्रभावित देशमध्यका थप ५ देशको लागि संघले आर्थिक निकासा दिएको हो । आर्थिक सहयोग पाउने देशहरुमा बहराई ५०००, स्पेन ५०००, प्रोर्तुगल ५०००, ईटाली ५००० र माल्टा ३००० अमेरिकी डलर सहयोग प्राप्त गरेका छन् ।

संघले पहिलो चरणमा कुवेत, युएई, सउदी अरब, साईप्रसमा रहेका संघका राष्ट्रिय समिति मार्फत आर्थिक सहयोग वितरण गरेको थियो । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार २७ देशमा रहेका ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi