neapl investment mega bank
  • गृहपृष्ठ
  • उपत्यका भित्रिने नाकाहरूमा अनुगमन, नाकाहरूको चेकजाँचमा थप कडाई

उपत्यका भित्रिने नाकाहरूमा अनुगमन, नाकाहरूको चेकजाँचमा थप कडाई

May 6th, 2020

काठमाडौ, बैशाख २४

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीद्धारा काठमाडौँ उपत्यका भित्रिने मुड्खु, नागढुङ्गा, साँखु, जगाती, भिमढुङ्गा नाकाहरूको यस एक हप्तामा अनुगमन गरेको छ । काठमाडौं उपत्यका भित्रिने सवारी साधन र मानिसको आवागमनको विषयमा वस्तुस्थिती बुझ्न, नाकामा हुने चेकजाँच कडाई गर्नका लागि अनुगमन तथा निरीक्षण गरिको जनाईएको छ ।

काठमाडौं बाहिरबाट उपत्यकाभित्र धमाधम मानिसहरु लुकेर आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमनमा गएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिम ढकालले बताए । उनले भने, ‘अत्यावश्यक मालबाहक सवारीहरूमा मानिसहरु लुकेर काठमाडौं आइरहेका छन् भन्ने सूचना मलाई आएको थियो । वास्तविकता के रहेछ भनेर आजसम्ममा हामी सबै नाकाहरूमा गयौ । हामीले नाकाहरूमा तीन(चार घण्टा पनि बितायौ तर त्यस्तो पाइएन ।’
‘रातारात मान्छे काठमाडौं भित्रिए भनेर जुन तहमा खबर बाहिर आएको छ । त्यस्तो डरलाग्दो अवस्था छैन,’ ढकालले भने, ‘नाकाहरूबाट उपत्यकामा आवश्यक पर्ने खाद्यवस्तु, तरकारी ढुवानी गर्ने, पेट्रोलियम बस्तु ढुवानी गर्ने र बिरामी बोकेका एम्बुलेन्स मात्रै भित्रिँदै गरेका भेट्यौं । ती गाडिहरुमा चालक र सहचालक मात्र थिए ।’ ‘हामीले काठमाडौंको जनजीवनलाई सहज बनाउन जे सामाग्री आवश्यक पर्छ, ती सवारी साधनमात्र भित्रिन दिने र अन्य सवारी साधनहरूलाई फर्काउने गरेका छौँ,’ उनले भने ।

ती विभिन्न नाकाहरूमा पुगेर प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको टोलीले सुरक्षाकर्मीहरुलगायत मास्क नलगाई सवारी चलाउने चालकलाई मास्क, सेनिटाईजर समेत वितरण गरेकाछन् । ट्राफिक महाशाखाका प्रमुख ढकालले नाकाहरूमा खट्टिएका सुरक्षाकर्मीहरुलाई केही समयका लागि नाकाहरूमा थप कडाइ गर्न्निर्देशन दिनुका साथै उनले हरेक नागरिकलाई सुरक्षा अवस्था गम्भीर रहेको भन्दै यस महामारी नियन्त्रण गर्न जो जहाँ छ, त्यहीँ बसेर सरकारको प्रयासमा साथ दिन आग्रह गरे ।

aadharbhumi
aadharbhumi
aadharbhumi