विराटनगर, बैशाख २४
प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा आठ हजार ३५ जनामा नमूना परीक्षण भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएका मध्ये आरडीटीतर्फ छ हजार तीन सय २८ जनाको नमूना परीक्षण भएको छ ।पिसिआरबाट एक हजार सात सय सात जनाको नमूना परीक्षण भएको छ ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल एक हजार सात सय ७३ छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४७ जना छन् ।