neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको थ्रेसर मेसीन बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको थ्रेसर मेसीन बरामद

May 6th, 2020

झापा, बैशाख २४

झापा जिल्लाको झापा गाउँपालिका ५ खयरबारी स्थित सीमा ईलाकाबाट बैशाख २२ गते एपीएफ टोलीले करीव १४ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको थ्रेसर मेसीनसहितको ट्याक्टर बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नम्बर प्लेट नभएको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त थ्रेसर मेसीन सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश पन्थपाँडाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसवेला उक्त थ्रेसर मेसीन ल्याउँदै गरेका व्यक्तिहरु एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त ट्याक्टर तथा थ्रेसर मेसीन छाडी फरार भएका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi