neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

May 3rd, 2020

काठमाडौ, बैशाख २१

प्रधानसेनापी महारथी पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेकाछन । नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७७ बैशाख १४ गतेको निर्णय बमोजिम मिति २०७७ बैशाख १९ गतेबाट रथी दर्जामा पदोन्नती भएका उपरथी प्रभुराम शर्मालाई आज मिति २०७७ बैशाख २१ गते जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकाहुन ।

साथै उक्त कार्यक्रममा नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७७ बैशाख ज्ञद्ध गतेकै निर्णय बमोजिम मिति २०७७ बैशाख १४ गतेबाट उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी आनन्द कुमार अधिकारी र मिति २०७७ बैशाख १९ गते गतेबाट उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी संजय थापालाई समेत प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकाछन ।

रथी दर्जामा पदोन्नती भएका रथी प्रभुराम शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ भने उपरथी दर्जामा पदोन्नती हुनुभएका उपरथी आनन्द कुमार अधिकारीलाई उपत्यका पृतना हे.क्वाको पृतनापति र उपरथी संजय थापालाई मध्य पश्चिम पृतना हे.क्वाको पृतनापतिको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi