neapl investment mega bank
  • गृहपृष्ठ
  • मन्दिरको सामान चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

मन्दिरको सामान चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

May 3rd, 2020

सोलुखुम्बु, बैशाख २१

मन्दिरको सामान चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोलुखुम्ब ुमहाकुलुङ गाउँपालिका २ बुङ घर भई खुम्बु पासाङल्हमु गाउँपालिका ४ पाङबोचेबस्ने २५ वर्षीय राजेश राई, भोजपुर ट्याम्केमयु गाउँपालिका घर भई सोलुखुम्बु खुम्बु पासाङल्हमु गाउँपालिका ४ दिंबोचे बस्ने ३९ वर्षीय राजेशराई र सोलुखुम्बु माहाकुलुङ गाउँपालिका २ पेल्माङ घर भई खुम्बु पासाङल्हमु गाउँपालिका ४ फोर्चेबस्ने २७ वर्षीय मदनराई रहेका छन् ।

२०७६ भदौमा सोलुखुम्बुस्थित पाङ्बोचे गुम्बाबाट पूजाका सामग्रीहरु पुरानो जाम्टा ३ जोर, पुरानो शंख २ थान, सनाही १ जोर, पुरानो काक्लिङ १ जोर, पुरानो ‘नि’माला, नर्थ फेस टेन्ट १ थान, कम्वल ४ थान र भेटीरकम १५ हजार रुपैयाँ चोरी हुनुको साथै पुरानो मूर्ति तोडफोड भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहरेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi