राजविराज, १ कात्तिक (रासस)
सार्वजनिक पोखरीमा माछा मानेक्रममा बिहीबार सप्तरीको पूर्वी भेगको एउटा गाउँमा गोही फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–८ स्थित जोगीनियाँमा सार्वजनिक पोखरीमा माझीले माछा मार्ने क्रममा अन्दाजी छ÷सात किलोको गोही भट्टाएका हुन् ।
गोही जालमा परेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट गएको प्रहरी टोलीले गोही समातेर जिल्ला वन डिभिजन कार्यालयलाई बुझाएको छ ।
आगलागीबाट पाँच लाखको क्षति
सप्तरीको कञ्चनरूप नगरपालिकास्थित बरमझियामा बिहीबार आगलागी हुँदा रु पाँच लाखको क्षति भएको छ । कञ्चनरूप नगरपालिका–२ बरमझियाका भोली साहको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगलागीबाट सरसामान, अन्नपात, लत्ताकपडा, नगद जिन्सीलगायत जलेर नष्ट भएको छ ।
पटका बरामद
दशैँ सकिएर तिहार र छठ पर्व नजिकिँदै गर्दा सप्तरी प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीबाट बिहीबार पटका बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैधरुपमा ल्याउँदै गरेको पटका बरामद गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । सो पटका राजविराज भन्सार कार्यालयलाई बुझाइएको छ ।