काठमाडौं, १ कार्तिक
पछिल्लो तीनवर्षमा २० वटा जलविद्युतआयोजनाले सर्वसाधारणका लागि सेयर निष्काशन गरे । तर ११ वटा जलविद्युत आयोजनाको सेयर भने पुर्ण रुपमा बिक्री नै हुन सकेन । यसअघिका जलविद्युत आयोजनामा गरेको लगानीबाट जनताले कुनै प्रतिफल पाउन नसकेपछि अहिले जलविद्युत आयोजनाको प्राथमिक सेयर नै बिक्न छाडेको देखिन्छ ।
सरकारले १० वर्षमा १५ हजार मेगावाट बराबरको विद्युत उत्पादन गरि ५ हजार मेगावाट विदेशमा बेच्ने लक्ष्य राखेको छ । यसरी जलविद्युत आयोजनामा सर्वसाधारण र स्थानियको लगानी नै नजुट्ने हो भने सरकारी योजना कागजमै सिमित हुने खतरा छ ।
गत असार अन्तिममा हिमाल दोलखा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि ३० करोड ९३ लाख २५ हजार कित्ता बिक्री खुला गर्याे । साथै यसले स्थानियका लागि भने १ करोड २७ लाख ७९ हजार कित्ता सेयर निष्काशन गर्याे । स्थानियका लागि निष्काशन गरिएको सेयर ७ प्रतिशतमात्रै खरिद भयो भने सर्वसाधारणका लागि निष्काशन भएको सेयर ४१ प्रतिशतमात्रै खरिद भयो ।
सर्वसाधारण र स्थानियकालागिजारी गरेको बिक्री नभएको यो पहिलोपल्ट भने होइन । यसअघि पनिग्रिनलाइफ हाइड्रोपावर,पाँचथर हाइड्रोपावर शिबश्री हाइड्रोपावर र युनिभर्सल हाइड्रोपावरको सेयर सर्वसाधारणले खरिद नगरेको धितोपत्रबोर्ड बताउँछ ।
जलविद्युत आयोजनाको सेयरमा गरेको लगानीबाट जनताले प्रतिफल पाउन सकेका छैनन् । जसका कारण अहिले प्रतिफल दिने खालका आयोजनामा मात्रै सर्वसाधारणले सेयर लगानी गर्न लागेका छन् ।
सेयर बजारमा सूचिकृत भएका ३२ वटा कम्पनीहरु मध्ये अहिले १९ वटा कम्पनीहरुको मूल्य १ सयभन्दा पनि तल ओर्लिएको छ । २५ वटा रुग्ण आयोजना मध्ये ७ वटामा जनताले सेयरमार्फत ५५ करोड १६ लाख रुपैयाँ लगानी पनि अहिले जोखिममा परेको छ ।
जलविद्युत कम्पनीका प्रवर्धकहरुले स्वपुजी अर्थात इक्वीटी बढाई चढाई देखाउने र सर्वसाधारणबाट ठूलो मात्रामा रकम संकलन गर्ने गरेका कारण उनीहरुले लगानी अनुसारको प्रतिफलदिन सकेका छैनन् ।