neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाली सेनाद्वारा हिम पहिरोमा परि वेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धार

नेपाली सेनाद्वारा हिम पहिरोमा परि वेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धार

May 2nd, 2020

काठमाडौ, बैशाख २०

नेपाली सेनाले हिम पहिरोमा परि वेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धार गरेकाछन । सेनाले २०७६ माघ ३ गते कास्की जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं.११ हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा परि बेपत्ता भएका ३ (तीन) जना नेपाली गाईड तथा ४ (चार) जना कोरियन पर्यटकहरु मध्ये २ (दुई) जना नेपाली गाईड र ३ (तीन) जना कोरियन पर्यटकहरुको शव पहिल्यै फेला परिसकेको र फेला पर्न बाँकि १ र १ (एक र एक) जना नेपाली र कोरियन नागरिकको शव पश्चिम पृतना हे.क्वा.को समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले मिति २०७७ वैशाख १९ गते फेला पारि आज २० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई पुर्याएको जनाएको छ ।

यो संगै उक्त हिमपहिरोमा परी हालसम्म बेपत्ता भएका सबैको शव फेला परेको सेनाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi