neapl investment mega bank
  • गृहपृष्ठ
  • बालकोट युवा समाजद्वारा बिपन्नलाइ राहत बितरण

बालकोट युवा समाजद्वारा बिपन्नलाइ राहत बितरण

May 2nd, 2020

आधारभूमी संवाददाता

भक्तपुर,२० बैशाख

बालकोट युवा समाजले सुर्यबिनायक २ र ३ वडामा रहेका १ हजार १ सय बिपन्न परिवारलाइ राहत बितरण गरेको छ । बालकोटका मनकारी युवाहरुले आफ्नो हैसियत अनुसार रकम संकलन गरि उक्त राहत बितरण गरेका हुन ।

सुर्यबिनायक २ र ३ वडा क्षेत्रमा बसोबास गर्ने दैनिक ज्यालादारी गर्ने मजदुर, दलित , तथा बिपन्न परिवालाइ लक्षित गरि प्रति परिवार १५ किलो चामल,१ किलो चिउरा , १ किलो दाल, आधा लिटर तेल,१ पाकेट नुन र २ पाकेट चाउचाउ बितरण गरेको समाजका संयोजक रबि राणाले जानकारी दिए ।

केही दिन अघि नगरपालिकाले राहत बितरण गरे पनि लामो समय भएको लकडाउनका कारण बिपन्न समुदायमा पर्न गएको समस्यालाइ मध्य नजर गरि स्थानिय युवाहरुबाट रकम संकलन गरि रु १० लाख ५० हजार रुपैयाको राहत बितरण गरिएको संयोजक राणाले बताए । महामारीको बिपद् परिस्थितमा आबश्यक परे अझ सहयोगको हात बढाइने उनले बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi