neapl investment mega bank
  • गृहपृष्ठ
  • ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी, सात घर जलेर नष्ट

ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी, सात घर जलेर नष्ट

May 2nd, 2020

ताप्लेजुङ, २० वैशाख (रासस)

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो ।

राति करिब साढे १० बजे भएको आगलागीले खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रण गर्ने क्रममा एक घर पूर्णरूपमा र अर्को एक घर आंशिकरूपमा भत्काइएका थिए ।

त्यहाँस्थित भण्डारी खाजाघर आसपासबाट एक्कासी आगो सल्किएको स्थानीयवासीले बताएका छन् । यद्यपि कसको घरबाट कसरी आगो सल्किएको हो भन्ने यकिन भएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति भने भएन । आगलागी नष्ट भएका सात घरमा ११ वटा साना होटल तथा पसल रहेको प्रारम्भिक विवरणमा देखिएको प्रहरीले जनाएको छ ।

यसैबीच आगलागी पीडितलाई तत्कालका लागि खाने–बस्नेलगायत व्यवस्थापनका साथै राहत प्रदान गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा आज बिहान सर्वपक्षीय बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभएको छ । बैठकसँगै उनीहरुलाई तत्कालका लागि राहत उपलब्ध गराइने उहाँले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi