neapl investment mega bank
  • गृहपृष्ठ
  • महासंघका अध्यक्ष राणा तथा परिषदका ढकालद्धारा मजदुर दिवसका अवसरामा शुुभकामना

महासंघका अध्यक्ष राणा तथा परिषदका ढकालद्धारा मजदुर दिवसका अवसरामा शुुभकामना

Apr 30th, 2020

काठमाडौ, बैशाख १८

नेपाल उद्योग बाँणिज्य महासंघका अध्यक्ष भवानी राणा र चन्द्रप्रशाद ढकालले बिश्व मजदुर दिवसमा अवसरमा सुभकामना व्यक्त गरेकाछन । महासंघका अध्यक्ष राणा र महासंघको रोजगारदाता परिषदका सभापति समेत रहेका ढकालले एक सय ३१ औ अन्र्तराष्ट्रिय मे दिवसको अवसरमा शुभ–कामना व्यक्त गरेका हुुन ।


आफ्नो शुभ–कामना संदेशमा अध्यक्ष राणाले भनेकीछन

निश्चयनै आजको समय अत्यन्त कठिन छ । यतिखेर सिंगो मानवजाती महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरससंग लडीरहेको छ । ठूलो मात्रामा विश्वमा जनधनको क्षति भएको छ । नेपाल पनि त्यसबाट प्रभावित भैरहेको छ । उद्योग व्यवसाय ठप्प छ । अर्थतन्त्रका महत्वपूर्ण आधारहरू, विप्रेषण, पर्यटन लगायत सेवा क्षेत्र नराम्ररी थलिएको छ भने अन्य उद्योग व्यवसाय पनि ग्रसित भैरहेका छन् । अझै पनि हाम्रा अगाडी निकै ठूलो चुनौती छ । अहिले हाम्रो पहिलो प्राथमिकता मानव जीवनको सुरक्षा हो, हामी सवै एकजुट भई कोभिड १९ लाई परास्त गर्ने अभियानमा छौ । चाडैनै यो महामारी नियन्त्रणमा आउने हामीले आशा गरेका छौ । सम्भावित चुनौतीसंग लड्न यतिखेर सरकार, निजी क्षेत्र, श्रमिक कामदार कर्मचारीहरू सहित सिंगो मुलुकनै एक ढिक्का भएर लागेको छ ।

अर्थतन्त्रलाई पहिलेकै अवस्थामा ल्याउन आगामी दिनमा अझ बढी समझदारी र सहकार्यका साथ काम गर्नुपर्ने आवश्यकता र चुनौती हाम्रा सामुन्ने रहेको म यस अवस्थामा स्मरण गर्न चाहान्छु । कठिन चुनौतीको सामनाको साथै साझा समस्याको समाधान गर्न हामी सफल हुनेछौ भन्ने विश्वास गर्दै सम्पूर्ण श्रमिक दाजुभाई तथा दिदि वहिनीहरूको सु—स्वास्थ्य र सुरक्षाको कामना सहित पुनः एकपटक हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।


आफ्नो शुभ–कामना संदेशमा रोजगारदाता परिषदका सभापति ढकालले भनेकाछन

आज सम्पूर्ण विश्व नोवेल कोरोना भाइरस (कोभिड १९) को महामारीको संकटबाट गुज्रिरहेको अवस्था छ । यसबाट बच्न विश्वका विभिन्न मुलुकहरूले आफ्नो मुलुकमा बन्दाबन्दीको घोषणा गरेका छन् । जसका कारण आज सारा संसार नै ठप्प प्रायः छ । अन्तराष्ट्रिय मुद्रा कोषले अप्रिल २०२० मा सार्वजनिक गरेको वल्ड इकोनोमिक आउटलुक अनुसार कोरोनाको विश्वव्यापी महामारीका कारण सन् २०२० मा विश्व अर्थतन्त्र ३.० प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको छ । अस्तिमात्र केन्द्रीय तथ्याङ्क विभागले नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान गरेको छ । यो निकै प्रारम्भिक प्रक्षेपण मात्र हो । कोरोनाको असर बढ्दै गएमा र बन्दाबन्दीको समय लम्बिँदै गएमा यो दर अझ तल झर्ने निश्चित छ । नेपाल विगत एक महिनाभन्दा लामो समयदेखि पूर्णरूपमा बन्दाबन्दीको अवस्थामा छ । विकास निर्माणका कामहरू सबै ठप्प छन् । उद्योग, व्यवसाय र कलकारखानाहरू बन्द छन् । रेमिट्यान्सको आप्रवाह घट्दो छ । स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिक दाजुभाई दिदीबहिनीहरू आफ्नो रोजगारीबाट विमुख हुँदैछन् । अहिलेसम्मकै मात्र अवस्थालाई हेर्दा पनि यो कोरोना महामारीका कारण विश्वमा लाखौं मानिसको ज्यान जाँदै छ । करोडौं मानिसले आफ्नो रोजगारी गुमाउँदै छन् त्यतिनै संख्यामा मानिसहरू भोकमरी र खाद्य संकटमा पर्दैछन् । र, विश्व अर्थतन्त्र पुनः एकपटक दीर्घकालीन रूपमा थला पर्दैछ । यस जोखिमपूर्ण महामारीको अवस्थामा तपाई हामी आपसी सद्भाव, मित्रता र समन्वयबाट आफ्नो जीउधन र व्यवसायको सुरूक्षा गर्दै अगाडि बढ्नुपर्ने खा“चो छ ।

ईतिहासको कठिन समयमा अझवढी समझदारीका साथ सहयात्रा गर्ने प्रतिवद्धताको लागि आग्रह गर्दै सबै श्रमिक दाजु भाई एवं दिदि बहिनीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दछु ।

aadharbhumi
aadharbhumi
aadharbhumi