neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतीय क्वारेन्टाइनमा बसेका नेपाली एक महिनापछि स्वदेश फर्कँदै

भारतीय क्वारेन्टाइनमा बसेका नेपाली एक महिनापछि स्वदेश फर्कँदै

Apr 30th, 2020

बैतडी, १८ वैशाख (रासस)

भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुर आज एक महिनापछि स्वदेश फकिँदैछन् । लकडाउनका कारण सीमा बन्द भएपछि गत चैत दोस्रो सातादेखि भारतको झुलाघाट, धार्चुला र पिथौरागढमा रहेका करिब दुई हजार मजदुर स्वदेश फकिन लागेका हुन् ।

झुलाघाट नाकाबाट ८३७ जना भित्रिन लागेका बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । यस्तै धार्चुला नाकाबाट एक हजार ६१ जना भित्रिन लागेका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

अब भारतका विभिन्न क्वारेन्टाइनमा बसेका र अन्य स्वदेश फर्कन चाहनेलाई आउने दिइने छ । उनीहरूलाई सामाजिक दूरी कायम गरेर भित्र्याउने र स्वास्थ जाँच गरिनेछ । स्वदेश फर्किएका मजदुरलाई १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि आरडिटी परीक्षण गरिनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi