काठमाण्डौ, बैशाख १७
काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने चार सय ७९ महिला सहित १८ सय ८९ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान छ बजे देखि दिउसो चारबजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी छ सय ५९ वटा दुई पाङ्ग्रे र ५५ वटा चारपाङग्रे गरी सात सय १४ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी १४ सय ९०, ललितपुरमा तीन सय ५३ र भक्तपुरमा ४६ जनालाई नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान छ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उहाँले आग्रह गरे । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा १४५ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।