neapl investment mega bank
  • गृहपृष्ठ
  • चितवनकी कोरोना सङ्क्रमित एक महिलाको तेस्रो परीक्षण नतिजा पनि पोजेटिभ

चितवनकी कोरोना सङ्क्रमित एक महिलाको तेस्रो परीक्षण नतिजा पनि पोजेटिभ

Apr 29th, 2020

भरतपुर, १७ वैशाख (रासस)

चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै आएको हो ।

ती महिला हाल भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत हुनुहुन्छ । उहाँमा वैशाख ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका २७ वर्षीय छोरा भने निको भइसक्नुभएको छ । आमाछोरा दुवैको कोरोना सङ्क्रमणसँगै पुष्टि भएको थियो । उहाँहरु चैत ३ गते बेलायतबाट नेपाल आएर काठमाडौँबाट ५ गते चितवन आउनुभएको थियो । राप्ती नगरपालिका–८ निवासी दुई जनाकै कन्ट्रयाक्ट ट्रेसिङ गरी अन्यको कोरोना परीक्षण गरिएको थियो तर, कसैमा पनि कोरोना सङ्क्रमण देखिएन ।

यस्तै वैशाख १५ गते नै गरिएको अन्य २२ परीक्षणको नतिजा भने नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।