neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

Apr 28th, 2020

पश्चिम नवलपरासी, बैशाख १६

पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ भटौलिया खोलास्थित सीमा ईलाकाबाट एपीएफ टोलीले बैशाख १५ गते विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका चार बस्ने डिलाबर खान पठान र अमजत खान छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुजहवाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा निजहरुको साथमा वीनस्पास्मो १०५ वटा र अन्य नाम नखुलेको सेतो ट्याब्लेट ३३ वटा फेला परेपछि पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi