neapl investment mega bank
  • गृहपृष्ठ
  • युरोपेली सङ्घद्वारा नेपाल सरकारलाई रु १० अर्ब सहयोग

युरोपेली सङ्घद्वारा नेपाल सरकारलाई रु १० अर्ब सहयोग

Apr 28th, 2020

काठमाडौँ, १६ वैशाख (रासस)

युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो ।

यहाँस्थित युरोपेली सङ्घ प्रतिनिधिमण्डलका अनुसार कोभिड–१९ को महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थानमा सदस्य राष्ट्रलाई सघाउन २० अर्बभन्दा बढी युरोको ‘टिम युरोप प्याकेज’ स्थापना गरिएको छ ।

सङ्घले यही वैशाख २२ गते कोभिड–१९ विरुद्धको खोप विकास गर्न विश्वव्यापीरूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले ‘अनलाइन’ प्रतिबद्धता सम्मेलन गर्ने जनाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi