neapl investment mega bank
  • गृहपृष्ठ
  • चार स्थानमा आगलागी हुँदा ३१ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

चार स्थानमा आगलागी हुँदा ३१ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

Apr 28th, 2020

काठमाडौं, बैशाख १६

पर्सा, मोरङ, झापा र सर्लाहीका छुट्टाछुट्टै ४ स्थानमा भएको आगलागीबाट करिब ३१ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागी भएकामध्ये पर्सा वीरगंज महागनरपालिका-१३ तेजारथ टोल बस्ने विनय नेपालको प्लाष्टीक पाईप फैक्ट्रीमा स्टोर गरी राखेको प्लाष्टीकका पाईपहरू तथा हाल नम्बर नखुलेको मोटरसाइकल पूर्णरुपमा जलेर करिब १० लाख रुपैयाँ र मोरङ बुढिगंगा गाउँपालिका-२ बस्ने लक्ष्मी निरौलाको घर जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

यसैगरी झापा दमक नगरपालिका-७ स्थित रहेको एभरेष्ट फर्निचर उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा काठको कुर्सी २० थान, प्लाईउड, ईलेक्ट्रिक मेसिनहरु र टिनको छानो भएको घर समेत जलेर करिब १८ लाख रुपैयाँ र सर्लाही ईश्वरपुर नगरपालिका-६ बयलवास बस्ने रामईश्वर प्रसाद साहको किचन कोठमा विद्युत सर्ट भई आगलागी हुँदा फ्रिज, ग्याँस सिलिण्डर र खाद्य सामग्री समेत जलेर करिब १ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । पर्सामा सोमबार दिउँसो, मोरङमा सोमबार राति तथा झापा र सर्लाहीमा मंगलबार बिहान आगलागी भएको हो ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi