neapl investment mega bank
  • गृहपृष्ठ
  • कुटपिटबाट एक जनाको मृत्यु, पाँचजना अभियुक्त पक्राउ

कुटपिटबाट एक जनाको मृत्यु, पाँचजना अभियुक्त पक्राउ

Apr 28th, 2020

सर्लाही, बैशाख १६

हरिपुर्वा नगरपालिका ८ बस्तपुर बस्ने ४३ वर्षीया सैदुल खातुनको कुटपिटबाट सोमबार मृत्यु भएको छ । खातुनलाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बच्चाहरुबीच झै झगडा भएको विषयलाई लिएर सोही ठाउँ बस्ने ५२ वर्षीय खोधदी अन्सरी सहित सम्पुर्ण परिवारहरुले खातुनलाई कुटपिट गर्दा गम्भीर घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार पश्चात थप उपचारको लागि जानकी अस्पताल जनकपुरतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi